संघ \संस्था

बाहुण्डाँगी जेसीजको जेसीज सप्ताह सुरु

बाहुण्डाँगी । नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था बाहुण्डाँगी जेसीज वर्ष २०२२ को जेसीज सप्ताह बुधवारबाट सुरु भएको छ । मेचीनगर २ मा रहेको पर्यटकीय स्थल मिनि माउटेनमा पिक्निक स्पटमा स्वागत बोर्ड राखेर सप्ताहको उद्घाटन गरेको हो । संस्थाका निवर्तमान अध्यक्ष तथा मेचीनगर २ का वडा अध्यक्ष दिपक बरालले स्वागत बोर्ड पढेर सप्ताहको उद्घाटन गर्नु भएको थियो । संस्थाका अध्यक्ष हेमन्त मोक्तानका सभापत्विमा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी अजय राई (भूपू कान्छा) ले बाहुण्डाँगी जेसीजले सामाजिक अभियानमा गरेको योगदानको चर्चा गर्दै पर्यटन विकासका लागि युवाहरुलाई समेटेर यस मिनि माउटेनमा समेत कार्यक्रम गर्न आइपुगेकोमा आभार व्यक्त गर्नु भयो ।


प्रमुख अतिथि समेत रहनु भएका बरालले जेसीजले नेतृत्व विकास मात्र होइन सामाजिक अभियानमा समेत उत्तिकै सहकार्य गर्ने बताउनु हुँदै हरेक युवाहरु जेसीज अभियानमा जोडिएर समाजलाई असल नेतृत्व हस्तान्तरण गर्दै आएको बताउनु भयो ।


उद्घाटनकै दोस्रो कार्यक्तम अन्तर्गत मेचीनगर ५ र ४ को सिमानमा रहेको यस अघिको स्वागत बोर्डलाई पुनः रंगरोकन गरेर राखिएको थियो ।
कार्यकारीणी उपाध्यक्ष नित्यानन्द चम्लागाईले आस्था पाठ गर्नु भएको कायत्र्तmमको स्वागत कार्यक्रम संयोजक रोशन गिरी र सञ्चालन महासचिव प्रविण भण्डारीले गर्नु भएको थियो ।


सप्ताह अन्तर्गत शुक्रवार कृष्णथुम्कीमा पानी वितरण र शनिवार मेचीनगर ४ आमाडाँगीमा जिल्ला स्तरीया भलिबल छनोट प्रतियोगिता रहेको मुल कार्यक्रम संयोजक केवल निरौलाले बताउनु भयो ।