समाचार

टिमाइ पुलमुनि किशोरीको शब फेला

धुलाबारी । झापाको मेचीनगर–१५ कैयाटोली स्थित टिमाइ खोलाको सानो पुलमुनि १३ वर्षीया किशोरीको शब भेटिएको छ ।

स्थानीय एक घरमा डेरा बस्दै आएका पुण्यप्रसाद चौधरीकी छोरी युना चौधरी आज विहान मृत फेला परेकी हुन् । मृतकका बाबु पुण्यप्रसादका अनुसार मंगलबार अपरान्ह ३ बजेदेखि युना हराइरहेकी थिइन् ।

ज्यामिरगढी माविमा कक्षा ६ मा अध्ययनरत् उनी मंगलबार दिउँसो घर नजिकैको टिमाइ खोलाको नहरतिर गएकी बताइएको छ । मृतक मृगी रोगी भएको उनका बाबु पुण्यप्रसादले बताए ।

उनी हराएपछि मंगलबार नै प्रहरीमा परिवारले खोजीका लागि जानकारी दिएको थियो । घरबाट आधा किलोमिटर दक्षिण टिमाइको सानो पुलमुनि खोलामा घोप्टो परेको अवस्थामा शब फेला परेको छ ।

घटनास्थलमा अहिले नेपाल प्रहरीको टोली आइपुगेको छ ।