खेलकुद

काँकरभिट्टा र शनिश्चरे उपाधीका लागि फाइनलमा भिड्दै

बाहुण्डाँगी । दिप ज्योति फुटबल क्लबको आयोजनामा जारी तेस्रो दिप ज्योति च्यालेन्ज कप फुुटबल प्रतियोगिताको फाइनलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र शनिश्चरे फुटबल क्लबबिच आमनेसामने हुने भएका छन् ।
आइतवा दिप ज्योति टोलको खेलमैदानमा हुने फाइनल प्रतियोगितामा यि दुई टिम उपाधीका लागि एक अर्कामा प्रतिस्पर्धा गर्दैछन् । सेमीफाइनल खेलमा काँकरभिट्टाले ब्रर्दस युनाइटेड चन्द्रगढीलाई र शनिश्चरेले आयोजकलाई हराउँदै फाइनलका यात्रा तय गरेका हुन् । प्रतियोगितामा विजेता हुने टिमले नगद ५० हजार र उपविजेता हुने टिमले नगद ३० हजारसहित मेडल र प्रमाणपत्र पाउनेछन् ।
फाइनल खेलको अवसरमा भेट्रान टिमको समेत खेल हुनेछ । फाइनल खेलको प्रतियोगितामा सहभागि हुन अखिल नेपा फुटबल संघका अध्यक्ष पंकज विक्रम नेम्बाङ आउने कार्यक्रम रहेको आयोजक क्लबका सचिव युवराज प्रधानले बताउनु भयो ।
स्थानीय खेलाडी उपत्पादन गर्ने उदेश्यले १८ गतेबाट यो प्रतियोगिता सुरु भएको थियो ।