राजनीति

झापा- ३ मा सत्तारुढ गठबन्धनभित्र खैलाबैला, माओवादीका १३४ जनाले दिए सामूहिक राजीनामा

झापा । झापा- ३ मा सतारुढ गठबन्धनभित्र खैलाबैला मच्चिएको छ ।निर्वाचनको मुखमा झापा  ३ का नेकपा माओवादी केन्द्रका प्रदेश सदस्यसहित १३४ जनाले सामूहिक राजीनामा दिएपछि गठबन्धनभित्र खैलाबैला मच्चिएको हो । यसको प्रत्यक्ष असर नेपाली काँग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला पर्ने देखिएको छ । 

आज प्रेस विज्ञप्ति जारी गरी झापा क्षेत्र नं ३ अन्तर्गत बाह्रदशी ४ र ५ मा स्थायी बसोबास गर्ने १ नं. प्रदेश सदस्य तथा क्षेत्र नं ३ ख का इन्चार्ज मरगुब आलम, जिल्ला सदस्य कृष्णमोहन गौतमसहित १३४ जनाले राजीनामा दिएका हुन् । राजीनामा दिने अन्यमा क्षेत्र, गाउँपालिका, वडा र टोल कमिटीका सदस्य छन् ।

जनयुद्धका बेला प्रदान गरेको विभिन्न जिम्मेवारीलाई सकुशल रुपमा कुनै प्रकारको बेइमानी नगरी पार्टीको माथिल्लो निकायबाट प्राप्त नीति निर्देशनलाई शिरोधार्य गरी घरपरिवारमा दैनिक कार्यलाई थाँती राखी देश र जनताको मुक्तिका निम्ति संघर्ष गर्दै देशमा आमुल परिवर्तन गर्नका लागि खेलेको भूमिकालाई स्मरण गर्दै पार्टीको माथिल्लो नेतृत्वले गरेको वाचा तथा प्रतिबद्धतालाई कुल्चिएर जनयुद्ध र पार्टीको मुल सिद्धान्तलाई तिलाञ्जली दिएर अवसरको खोजीमा रहेका अवसरवादीहरुको चिल्ला र चिप्ला कुरामा पाटी नेतृत्व हिडेको र पटकपटक अवसरवादीलाई नै काँधमा बोकेर हिँड्दाहिँड्दै आफूहरुको काँध थाक्दा समेत पार्टीभित्र रही आन्तरिक र वैचारिक संघर्ष गर्दा थाकी सक्दा पनि पार्टी नेतृत्व सुध्रिन कोसिस नगरी ठूलो दरार सिर्जना गरेको हुँदा यस पार्टीमा कुनै प्रकारको भविष्य नदेखेर पार्टीको साधारण सदस्य समेत नरहने गरी यसै विज्ञप्तिमार्फत राजीनामा दिएको उनीहरुले जनाएका छन् । राजीनामा दिनेहरुको नामावली यसप्रकार छ ।