विविध

झापा क्षेत्र नं. ४ मा नमुना मतदान

चन्द्र बस्नेत
कनकाई ।
आगामी निर्वाचनमा बदर मतको संख्या कम गर्ने उदेश्यले झापाको क्षेत्र न ४ मा सोमबार आज नमुना मतदान भएको छ । झापा क्षेत्र नं.४ मा भएका व्यक्तिहरूले नमुना मतदान गरेका छन् । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कसरी मतदान गर्ने र बढ्दो बदर मत कम गर्ने उद्देश्यले मतदान अधिकृतको कार्यालय कनकाई नगरपालिकामा नमूना मतदान सम्पन्न गरिएको हो ।

नमुना मतदानमा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेल, उप– प्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने लगायत २१ जनाले मतदान गरेका गरेका थिए । त्यसमध्ये कुनैपनि मत बदर नभएको आजका लागि मतदान अधिकृत जमुना कटुवालले जानकारी दिइन् । नमुना मतदान गराउनु अघि मतदानमा सहभागी सबैलाई जिल्ला निर्वाचन कार्यालय झापाका कर्मचारी बसिस्ट अधिकारीले मतदाता शिक्षाका बारेमा जानकारी गराएका थिए ।

आगामी निर्वाचनमा बदर मतको सख्या सुन्य पार्ने उदेश्यले झापाका १५ ओटै पालिकामा नुमना मतदान भोली सम्ममा सम्पन्न गर्ने गरि काम अगाडी बढाईएको जिल्ला निर्वाचन कार्यलय झापाका कर्मचारी अधिकारीले जानकारी दिए ।

झापा निर्वाचन छेत्र न ४ मा निर्वाचन सम्बन्धि सम्पूर्ण तयारी पुरा भएको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिए । निर्वाचनका लागि आवश्यक सामग्री सबै कार्यलयमा आईपुगेको अन्य मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई आगामी ३० गते नियुक्तिका लागि बोलाईएको र १ गतेदेखि मतदान स्थलमा खटिन निर्देशन दिनेगरि काम अगाडी बढाईएको क्षेत्र न ४ का निर्वाचन अधिकृत गौतमले बताएका छन्