काठमाडौं । सोमबार बसेको नवगठित मन्त्रिपरिषदको बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिएको छ ।
सुरुमा सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई दिइएपनि लामिछानले नमानेपछि उक्त जिम्मेवारी अर्थमन्त्री पौडेललाई दिइएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री नबनेसम्मका लागि उक्त जिम्मेवारी अर्थमन्त्री पौडेललाई दिइएको छ ।

