काठमाण्डौं, श्रावण्न ८ । मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।
महाशाखाका अनुसार बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा पानी पर्नेछ ।
यस्तो छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिनको मौसम पूर्वानुमान
श्रावण्न ८ गते (बुधबार)
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशको थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ ।
रातिस् देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा वर्षा हुनेछ, देशका थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ ।
श्रावण्न ९ गते (बिहीबार )
दिउँसोस् देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। । देशको पश्चिम तथा मध्यका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।
रातिस् देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ
श्रावण्न १० गते (शुक्रबार )
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ।
रातिस् देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ ।

