विविध समाचार

युरोपको सर्वोच्च शिखर मोन्ट ब्ल्यांकमा फहराइन श्रृंखलाले नेपालको झण्डा

काठमाण्डौं श्रावण ९ । पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले पश्चिम युरोपको सर्वोच्च शिखर मोन्ट ब्ल्यांकको सफल आरोहण गरेकी छिन । खतिवडाले हिमाल चढेर नेपालको झण्डा समेत सफलता पूर्वक चुचुरोमा फहराईन । फ्रान्स र नेपालको मैत्री सम्बन्धको अवसरमा जुलाई १५ देखि फ्रान्स भ्रमणमा गएकी उनले हिमाल चढेकी हुन् ।
नेपाल र फ्रान्सबिचको कुटनीतिक सम्बन्ध ७० वर्ष पुगेको अवसरमा नेपालस्थित फ्रान्सेली दुतावासले खतिवडालाई ‘गुडविल एम्बासडर’ नियुक्त गरेर हिमाल आरोहणको ब्यबस्था मिलाएको थियो ।
सेतो हिमालको नामले समेत चिनिने मोन्ट ब्ल्यांकको उचाई ४ हजार ८ सय ८ मिटरको छ । इटाली र फ्रान्सको बीचमा पर्ने यो हिमाल विश्वकै अग्ला हिमालहरु मध्ये ११ औं स्थानमा पर्छ ।

Leave a Reply

Your email address will not be published.