अर्थ

मकाउ छोडेर गाउँमै व्यवसाय गर्दै रञ्जित

देबु बायियाँ
बाहुण्डाँगी ।
धेरैको रोजाइको देश हो मकाउ । यहाँ जानका लागि लाखौँ खर्च गरेर भिसा लगाउँछन् । तर, मेचीनगर ४ आमडाँगीका रन्जित खड्का त्यो रोजाइको देशलाई चटक्कै छोडेर नेपाल फक्रिए । उनले चाहेका भए सबै परिवारलाई उतै लैजान सक्थे । ११ वर्षसम्म यहि देशमा राम्रै आम्दानी गरेका रान्जितले कहिलै नर्फकिने गरी विदा लिएर आए । उनले मकाउमा मासिक ३ लाख आम्दानी गर्थे । त्यसको पनि कुनै प्रभाव नगरी उनी नेपाल फक्रिए ।

नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने मानसिकता लिएर गाउँमै कृषि व्यवसाय सुरु गरे । आर्शिवाद कृषि फर्म सञ्चालन गरे । खसी, बाख्रा तथा कागती खेतीमा सक्रिय भएका उनले यसबाट राम्रै आम्दानी लिन थाले । उनको व्यवसायले गति लिन थालेपछि उनमा अझ हौषला पलायो । त्यसपछि उनले धुलावारीमा होटल सञ्चालन गर्ने योजना बनाए ।

लामो समय विदेश बसेकाले यहाँका धेरै कुरामा अनबिज्ञ रहेका थिए उनी । उनले होटल सञ्चालनका लागि व्यसायिक साथीको खोजी गरे । उनलाई साथ दिन नकलबन्दाका सञ्जु कार्की आइपुगे । क्यासिनोमा काम गरेका अनुभवी रान्जित र गाउँले परिवेशमा हुक्रिएर गाउँको अनुभव लिएका सञ्जुको गज्जबको जाडी मिल्यो । करिब ९० लाख लगानी गरेर उनीहरुले होटलको स्वरुप तयार गरे । त्यहि होटलको स्वरुप अहिले नाङ्लो रेष्टुरेण्ड बन्यो । उनीहरुले धुलावारीको पूर्व हाइवयेमा त्यहि नाङ्लो रेष्टुरेण्ड सञ्चालन गर्दै आएका छन् ।

पछिल्लो पुस्ताका लागि रोजाइको केन्द्र बनेको यो रेष्टुरेण्ड बैशाख १ गतेबाट सञ्चालनमा आयो । रेष्टुरेण्डको सुरुवाती समयमै आफुहरुलाई धेरै माया पाएको रान्जितले बताए । १० जना स्थानीय युवाहरुलाई रोजगार समेत दिएका उनीहरुले आगमी दिनमा यसलाई अझ आधुनिक बनाउँदै लैजाने बताए । पारिवारी वातावरणमा रहेको यो रेष्टुरेण्डमा झापा, इलाम, मोरङ तथा भारतबाट समेत ग्राहक आउने गरेका रान्जितले बताए ।

थोरै बोल्ने तर काममा विश्वास गर्ने रान्जित आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । पछिल्लो पुस्ताका युवाहरु विदेशीने क्रम बढ्दै गएको अवस्थामा राजन त्यहि विदेशलाई छोडेर आफ्नै गाउँमा राम्रो आम्दानीको स्रोत बनाउदै आएका छन् ।