झापा । देशभरिकै ‘इलेक्सन इपिसेन्टर’ मानिएको झापा क्षेत्र नम्बर ५ को सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पारिएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहबीचको मुख्य प्रतिस्पर्धाका कारण यो क्षेत्र सुरक्षाको दृष्टिले संवेदनशील देखिएको छ। सोही संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले अन्य सुरक्षा निकायसँग समन्वय गरी ‘आक्रामक’ रूपमा सुरक्षा रणनीति अपनाएको प्रशासनले जनाएको छ ।

हाल यस क्षेत्रको सुरक्षाका लागि २५० भन्दा बढी सैनिक फौज परिचालन गरिएको छ भने प्रत्येक पीओबीमा लप्टनको कमाण्डमा ३५ जनाको टोली खटिएको छ।

