मेचीनगर\ काँकरभिट्टा माविको खेल मैदानमा आयोजना भएको प्रदेशस्तरीय महिला÷पुरुष कबड्डी प्रतियोगिता अन्तर्गत आज भएको सेमीफाईन खेलमा महिला र पुरुष कबड्डी प्रतियोगितामा बिजयी हुदै झापा र मोरङ फाईनलमा प्रवेश गरेको छ ।

सेमीफाईन खेलमा महिला कबड्डी प्रतियोगिता अन्तर्गत झापाले ४८—२४ पोईन्ट अन्तरले उदयपुरलाई पराजित गर्दै फाईनल प्रवेश गरेको हो । मोरङ्गले ४१—१२ पोईन्ट अन्तरले ईलामलाई पराजित गरेर फाईनल प्रवेश गर्दै झापा संगको भेट पक्का गरेको छ ।
त्यसै गरी सेमीफाईन खेलमा पुरुष कबड्डी प्रतियोगिता अन्तर्गत झापाले ६२—२३ पोईन्ट अन्तरले सोलुखुम्बुलाई पराजित गर्दै फाईनल प्रवेश गरेको हो । मोरङ्गले ४२—२५ पोईन्ट अन्तरले सुनसरीलाई पराजित गर्दै फाईनल प्रवेश गर्न सफल भएको छ ।

पुर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समितिको सहआयोजनामा भएको प्रदेशस्तरीय प्रतियोगितामा १४ जिल्लाबाट एक जिल्ला बराबर १२ पुरुष र १० जना महिला खेलाडीले भाग लिएका सहआयोजक झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले बताए ।
फागुन १३ गते सोमबार देखी आयोजना भएको प्रतियोगिता फागुन १६ गते बुधबार समापन हुने आयोजकले जानाएको छ । प्रतियोगितामा बिजयी हुने टिमले आठौं राष्ट्रिय प्रतियोगिता प्रदेश नं.५ धनगढीमा सहभागी हुन जाने छ ।

