झापा, असोज १५ । साना किसान कृषि सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तुलसी ढुंगानाको सभापतित्व तथा प्रदेश सांसद् श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तिय सहकारी बिर्तामोड इलाका प्रबन्धक सुभाष गौतम, साना किसान सहकारी संस्था महेशपुरका प्रबन्धक तीर्थ ओझा, मेचीनगर ४ का वडा अध्यक्ष नवीन बराल, २ नम्बर वडा अध्यक्ष तिलक न्यौपाने, पानस कृषि सहकारी संस्थाका अध्यक्ष महेन्द्रराज मल्ल, संस्थाका पूर्व अध्यक्ष ठाकुर आचार्यलगायतले बोलेका थिए ।
सहकारीले १ करोड ८ लाख ९१ हजार रुपैयाँ शेयर पूँजी पुर्याउन सफल भएको र १ करोड ७ लाख ४० हजार रुपैयाँ बचत मौज्दात रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । सहकारीले आगामी दिनमा बिना धितो ऋण लगानी, सुत्केरी पोषण खर्च, छात्रवृत्ति कार्यक्रम, वृद्ध–वृद्धा सम्मान, पशु नश्ल सुधार कार्यक्रम लागू गर्ने प्रतिवेदनमा उल्लेख छ ।
सहकारी संस्थाले उत्कृष्ट ऋणी देउकुमारी कार्की, कल्पना दाहाल, कुमारी घिसिङ, जानुका न्यौपाने, अम्बिका अधिकारी, हिरा तामाङ, शान्ता लिम्बू, तारा तामाङ्ग, दीपक न्यौपाने र उत्कृष्ट बचतकर्तातर्फ दिपिका पौडेल, सीतादेवी सिंह राजवंशी, उत्कृष्ट अन्तर समिति अध्यक्ष तुलसा प्रधानलगायतलाई सम्मान गरेको छ ।
उपाध्यक्ष टुकादेवी भण्डारीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन प्रबन्धक पोषककुमार दर्जीले गरेका थिए ।

