झापा, कात्तिक १० । झापाको मेचीनगर–८ स्थित मेची विद्योदय प्रावि (सेन्टरी स्कुल) को प्राङ्गणमा शुक्रबार साझ आयोजना भएको दिपावली साँस्कृतिक साझ–२०७६ मा राष्ट्रिय ख्याती गायक तथा बरिष्ठ संगीतकार टिका भण्डारी, राष्ट्रिय हाँस्यकलाकार श्रीकृष्ण लुईटेल (बोकेदाह्री) राष्ट्रिय कलाकार विशालदेव श्रेष्ठ, युवा पुस्ताका चर्चित गायक सचिन फुयाललगायत थिए ।
साझ मनोरञ्जन संस्था मेचीनगरको आयोजना दियालो युवा परिवारको मुख्य सहआयोजना तथा मेचीनगर–८ का सम्पूर्ण टोल विकास संस्था र सामाजीक संघसंस्थाहरुले संयुक्त रुपमा दिपावलीको अवसर पारेर आयोजना गरेको साँस्कृतिक साझ–२०७६ मा राष्ट्रिय गायक तथा बरिष्ठ संगीतकार भण्डारी, राष्ट्रिय कलाकार बोकेदाह्री, राष्ट्रिय कलाकार श्रेष्ठ, फुयालसंगै वाईजिएम रोशन, रोशा फुयाल, पुजा आचार्य, प्रतिक्षा, आचार्य, सम्झना सुब्बा, सुस्मीता तामाङ्ग, प्रेम लिम्बु, तिलक मैनालीलगायत स्थानिय कलाकारले नृत्य तथा गायन प्रस्तुत गर्दै कार्यक्रममा थप मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सांसद श्रीप्रसाद मैनाली र विशिष्ट अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मिना उप्रेती पोख्रेलले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाको तर्फबाट सेन्टरी टोल विकास संस्थाका अध्यक्ष गिरिराज धमलाले गरेका थिए ।
कार्यक्रममा मेचीनगर –८ का वडा अध्यक्ष विकेन्द्र धिमाल, मेचीनगर–८ वडा सदस्य सन्तोष मेचे, खिला मेचे, युवा समाजसेवी विपी भट्टराई, मेची विद्योदय प्राविको अध्यक्ष लालबहादुर थामी, अभिभावक संघ अध्यक्ष मिलन विश्वकर्मा, लगायतको आतिथ्यता थियो ।

कार्याक्रम संयोजक विष्णु भट्टराईको अध्यक्षतामा आयोजना भएको पहिलो चरणको कार्यक्रम सञ्चालन सुरेर भट्टराई र दोस्रो चरणको कार्यक्रम सञ्चालन पत्रकार युवराज आचार्यले गरेका थिए ।

