कला

शिवरात्रीको अवसरमा कमल के. क्षेत्रीले ल्याए “शिव ताण्डव स्तोत्रम” भिडियो सहित

काठमाडौ/ महाशिवरात्रीको अवसर पारेर चर्चित नेपाली प्लेब्याक सिंगर कमल के. क्षेत्रीले “शिव ताण्डव स्तोत्रम” बोलको म्यूजिक भिडियो सार्बजनिक गरेका छन ।

हिन्दूधर्मको कथावस्तुको आधारमा तयार पारिएको यस “शिव ताण्डव स्तोत्रम” म्यूजिक भिडियोमा भगवान शिवको स्तुतीलाई विशेष प्राथमिकता दिइएको छ ।

हिन्दूधर्मावलम्वीहरुको महाशिवरात्रीको अवसरमा सार्बजनिक गरिएको भिडियोमा गायक स्वयमले अभिनय गरेका छन् । म्यूजिक भिडियोको एरेञ्ज सुजिल कर्माचार्यले गरेका छन् । यो म्यूजिक भिडियोलाई पनि नेपाली दर्शक स्रोताले मन पराउने विश्वास रहेका हाम्रो खबरपाटी डटकम लाई गायक क्षेत्रिले बताए ।

यसभन्दा अघि उनले “आइ लभ यू मैले भन्नै सकिन…” बोलको म्यूजिक भिडियो बजारमा ल्याएका थिए । जसले उनलाई नेपाली साङ्गगीतिक क्षेत्रमा एउटा उचाई प्रदान गरेको थियो । आइ लभ यू बोलको म्यूजिक भिडियोलाई सबैले मन पराएका थिए । यो म्यूजिक भिडियो सफल भए पछि हौसीदैं कमल के क्षेत्रीले अर्काे आइ लभ यू टु बजारमा ल्याए । यस गीतको भिडियोलाई पनि दर्शक स्रोताले मन पराए । जसले गर्दा सारा नेपाली दर्शक स्रोताको मन मस्तिष्कमा गुञ्जी रहेको छ ।

Leave a Reply

Your email address will not be published.