झापा, मंसिर २९ । विर्तामोडमा प्रधान कार्यालय रहेको यस कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८ औं शाखा सेवाकेन्द्र बनियानिमा सञ्चालन गरेको छ ।
संस्थाको शाखा सेवाकेन्द्रको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सांसद बसन्त बानियाले गर्नु भएको छ ।

प्रमुख अतिथि बानियाले समृद्ध नेपाल, सुखि नेपाली बनाउन सहकारीको अहम् भूमिका रहेने बताउनु भएको छ । साथै उहाले ग्रामिण क्षेत्रका सबै नागरिकले पनि सहकारीमा प्रत्यक्ष सहभागीता र सबैले बचत गर्ने बानी बसाल्नु अहिलेको आवश्यकता रहेको बताउनु भयो ।
बनियानिमा आईतबार आयोजित संस्थाको उद्घाटन सत्रमा कचनकवल गाउँपालिका अध्यक्ष अन्जार आलम, कचनकवल वडा नम्बर ६ वडा अध्यक्ष कुलबहादुर कार्की, बनियानि क्याम्पस प्रमुख मोती राजवंशीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
टस कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन कर्णाली बचत तथा ऋण सहकारी संस्थाका सचिव भुपाल बस्नेतले गर्नु भएको थियो ।

