काठमाडौं, पुस १ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले अंक बाडेका छन् ।
मंगलबार भएको खेलमा हिमालयन शेर्पाले विभागिय टोलीसँग गोलरहित बराबरी खेल्दै अब बाँडेका हुन् । दशरथ रगशालामा भएको खेलमा दुवै टोली जितका लागि मैदान उत्रिए पनि निर्धारित समयमा गोल गर्न सकेनन् ।
लिगको नयाँ सिजनमा उपाधि उचाल्ने लक्ष्य लिए पनि विभागीय टोलीका खेलाडीले गोल गर्न नसक्दा विजयी सुरुवात गर्न सकेन ।
खेल बराबरी भएसँगै दुई टोलीले एक–एक अंक जोडेका छन् ।

