झापा, माघ २४ । झापाको बिर्तामोडमा भएको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बिर्तामोड–२ स्थित चारपानेमा हत्या गरी जलाएको अवस्थामा फेला परेका सुवान शेखको हत्यामा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।
भारतको अररिया घर भई १० वर्षदेखि चारपानेमा बस्दै आएका ४० वर्षीया शेखको हत्या बिर्तामोड २ कै २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादवले गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु घटना भएको रात सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए । मादक पदार्थ सेवनका क्रममा सामान्य विवाद हुँदा हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिनुभयो । ‘सँगै बसेर खाने क्रममा एकअर्का बीच विवाद भएछ’, जिल्ल प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण कोइरालाले भने, ‘त्यो क्रममा सामान्य विवाद भयो । त्यसपछि हत्यामा संलग्न दुई जना कतै गए । केही समयपछि फर्कँदा सुवान त्यहीँ थिए । फेरि भनाभन भयो ।’ त्यसपछि भने ढुंगा प्रहरा गरेर शेखको हत्या गरेको एसपी कोइरालाले बताए । ‘सुरुमा ढुंगाले हानेर हत्या गरे । त्यसपछि ऊ(शेख) बेहोस भयो’, उनले भने, ‘छिटो मर्छ भनेर संवेदनशील अंग (लिंग) काटे छन् । त्यसपछि हत्या लुकाउन केही पर घिसार्दै लगेर परालमा आगो लगाएर जलाएछन् ।’ शेखको शव २१ गते जलेर चिन्नै नसक्ने अवस्थामा फेला परेको थियो ।
शेखको शव २१ गते जलेर चिन्नै नसक्ने अवस्थामा फेला परेको थियो । करन र लक्ष्मणको साथबाट शेखको मोबाइल आगो लगाउँदा प्रयोग भएको लाइटर, मृतकले प्रयोग गरेको सीम कार्डलगायत फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको प्ररहीले जनाएको छ ।

