झापा,फागुन १८ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा बाहुण्डाँगी जेसीजको आयोजनामा साताव्यापी महोत्सव (फागुन १७ देखि २३ गतेसम्म) सुरु भएको छ । महोत्सवको उद्घाटन शनिवार साझ भब्य समारोहका बिच डिजिटल प्रविधि द्वारा कार्यक्रमका प्रमुख अतिथि जेसीज राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अशोक शंकरले गरेका थिए ।
आयोजक बाहुण्डाँगी जेसीजले प्रमुख अतिथि शंकरलाई काँकरभिट्टा देखि नै ५०/६० जना युवाहरुको समुहले स्कटिङ गरेर महोत्सव स्थल पुर्याएका थिए ।

सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी बाहुण्डाँगीबजारमा बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सव आयोजना भएको हो । महोत्सवको पहिलो दिन शनिवार (हिजो) ख्यातीप्राप्त राष्ट्रिय कलाकार आस्था राउतले बाहुण्डाँगीवासीलाई कम्मर मर्काइ मकाई नचाएकी थिइन् । पहिलो दिन बाहुण्डाँगीलगायतका क्षेत्रबाट मानिसहरुको उत्साह जनक उपस्थिति रहेको थियो ।

बाहुण्डाँगी जेसीज सन् २०२० का अध्यक्ष सागर कार्कीको अध्यक्षतामा सम्पन्न महोत्सवको उद्घाटन सत्रमा प्रम्ख अतिथि शंकर, विशेष अतिथि जेसीज राष्ट्रिय उपाध्यक्ष विशाल थापा, बाहुण्डाँगी जेसीज संस्थापक अध्यक्ष तथा मेचीनगर ४ का वडा अध्यक्ष नविन बराल, बाहुनडाँगी जेसीज सन् २०१८ का अध्यक्ष तथा महोत्सव संयोजक प्रविन भण्डारी, बाहुनडाँगी जेसीज सन् २०१९ का अध्यक्ष तथा महोत्सवका प्रवक्ता कञ्चन उप्रेतीलगायतले बनेलेका थिए ।
महोत्सवको दोस्रो दिन आज ख्यातीप्राप्त राष्ट्रिय कलाकार मेलिना राईको साथमा पूर्वको चर्चित ब्याण्ड वेभ ब्याण्ड र स्थानिय कलाकारहरुको प्रस्तुती रहने बाहुनडाँगी जेसीज सन् २०२० का महासचिव देबु बानियाले जानकारी दिए ।
महोत्सवमा ग्रामिण संस्कार, संस्कृति, रहनसहन, रीतिरिवाजलगायत विभिन्न जातिय परिकार, संस्कृति तथा पर्यटन, व्यवसायिक, जनचेतनामूलक ४० वटा स्टल रहेका छन् ।

