खेलकुद

आदर्श क्रिकेट एकाडेमी च्याम्पियन

झापा, फागुन २५ । झापा जिल्ला क्रिकेट संघको आयोजनामा आयोजित प्रथम झापा जिल्ला स्तरीय बि डिभिजन क्रिकेट लिगमा आदर्श क्रिकेट एकाडेमी भद्रपुर च्याम्पियन भएको छ ।

काँकरभिट्टा माविको खेल मैदान आईतवार सम्पन्न फाइनल खेलमा आदर्श क्रिकेट एकाडेमीले प्याट्रियोटिक क्रिकेट एकाडेमी दमकलाई ३ रनले पराजित गरेको हो ।

प्याट्रियोटिक क्रिकेट एकाडेमी दमक

टस जितेर ब्याटिङ रोजेको आदर्श क्रिकेट एकाडेमीले निर्धारित ३५ ओभर खेल्दै सबै विकेट गुमाउदै ८८ रन जोडेको थियो । ८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको प्याट्रियोटिक क्रिकेट एकाडेमीले सबै विकेट गुमाउदै ८५ मात्र जोड्यो ।

फाइनल खेलको म्यान अफ दि म्याच विजयी टिम आदर्श क्रिकेट एकाडेमीका अंकित सुवेदी घोषित भए । उनले ५ विकेट लिएका थिए । साथै उनले जारी प्रतियोगिताको उत्कृष्ट ब्याट्य म्यान, बेष्ट फिल्डर र म्यान अफ दी सिरिज घोषित हुँदा, आदर्श कै प्रनिस विमली वेष्ट विकेट किपर घोषित भए ।

म्यान अफ दि म्याच लिदै अंकित सुवेदी

त्यसै गरी प्याट्रियोटिक क्रिकेट एकाडेमीका ज्ञानु श्रेष्ठ बेष्ट बलर र दिपेन गुरूङ उदयमान खेलाडी घोषित भए । प्रतियोगितामा उत्कृष्ट कोच यूनाईटेड क्रिकेट एकाडेमी विर्तामोडका हितेन श्रेष्ठ घोषित भए । प्रतियोगितामा अनुशासित टिम आदर्श क्रिकेट एकाडेमी कचनकवल घोषित भयो । उनिहरू ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको विजेता र उपविजेता टिमलाई प्रमुख अतिथि प्रदेश नं १ प्रादेशिक कमिटी सचिव मनोज कटुवाल, कोषाध्यक्ष विरू श्रेष्ठ, सदस्य नारद नेपाल, माछापुच्छ्रे बैक काँकरभिट्टा शाखा प्रमुख केदार ढकाल, अन्तराष्ट्रिय क्रिकेट खेलाडी लाक्पा लामा, मीलन क्रिकेट क्लकका सचिव विजय अधिकारीलगायतका अतिथिहरूले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।

फागुन १८ देखि २५ गते सम्म सञ्चालन भएको प्रतियोगितामा आदर्श क्रिकेट एकाडेमी कचनकवल, प्याट्रियोटिक क्रिकेट एकाडेमी दमक, मिलन क्रिकेट क्लब मेचीनगर, आदर्श क्रिकेट एकाडेमी भद्रपुर, धुलाबारी क्रिकेट एकाडेमी मेचीनगर, बाँहुनडागी क्रिकेट एकाडेमी मेचीनगर, कन्काई क्रिकेट एकाडेमी सुरूङ्गा, बोष्टन क्रिकेट एकाडेमी विर्तामोड र यूनाईटेड क्रिकेट एकाडेमी विर्तामोड गरी जिल्लाका ९ वटा टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिता विजेता आदर्श क्रिकेट एकाडेमी भद्रपुर, उपविजेता प्याट्रियोटिक क्रिकेट एकाडेमी दमकसहित प्रतियोगिताको सेमीफाईनलसम्म पुगेका धुलाबारी क्रिकेट एकाडेमी मेचीनगर र यूनाईटेड क्रिकेट एकाडेमी विर्तामोडले ए डिभिजन क्रिकेट लिगमा बढुवा भए ।

झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन थापाको अध्यक्षता सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रम सञ्चालन सदस्य तुलसी कार्कीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.