समाचार

नेपालमा लकडाउन सुरू, देशैभर बिहानैदेखि सुनसान

काठमाडौं, चैत ११ । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले मंगलबार (अाज)बाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ ।

लकडाउन सुरू भएसंगै बिहानै देखि अस्तब्यस्त हुने देशैभरीका शहरहरू काठमाडौं, विराटनगर, पोखरा, चितवन, नेपालगञ्ज, धरान, इटहरी, विर्तामोडलगायतका शहर, हाटबजार, राजमार्ग, चोक तथा सार्वजनिक स्थलहरू सुनसान भएका छन् ।

नेपालमा पनि कोरोना भाइरसको संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको हो । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक १९ बर्षीय युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सरकारले अाफ्ना नागरिकलाई संक्रमणबाट जोगाउन यस्तो बोल्ड डिसिजन गरेको सूचना तथा संचार मन्त्री एंम सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए ।

कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले मंगलबार विहान (अाज) ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएसंगै अहिले खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने सवारी साधनहरू मात्र फाटफुट चलेका छन् ।

Leave a Reply

Your email address will not be published.