झापा, चैत १४ । विपन्न परिवारका मजदुरहरु ज्यालादारी बन्द भई समस्यामा परेकाहरुले खाद्यन्न पाएका छन् । बगानमा चियापत्ती टिपेर जेनतेन दुई छाक टार्दै आएका मेचीनगर ८ का २२ परिवारलाई एकता युवा क्लब मेचीनगरले खाद्यन्न वितरण गरेको हो ।

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले गत मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन एक साता रोक लगाउदै लकडाउन गरेको छ ।
दैनिक ज्यालादारीमा काम गरेर छाक टार्ने मजदुर परिवारलाई अहिले काम नहुदा दैनिकरुपमा विहान–बेलुकाको छाक र्टान मुस्किल परेकाले उक्त खाध्यान्न सामाग्री वितरण गरिएको एकता युवा क्लबका अध्यक्ष दिपेश पाठकले बताए ।
प्रत्यक परिवारलाई १० केजी चामल, एक पोका खानेतेल र एक प्याकेट नुन वितरण गरिएको उनले जानकारी दिए । खाध्यान्न सामाग्री वितरणमा राष्ट्रिय युवा संघ नेपाल झापा क्षेत्र नं १ का नेता रघुनाथ धिमालको सहजिकरण रहेको थियो ।
क्लबका कोषाध्यक्ष सन्तोष धमला, सदस्यहरु आशिष पौडेल, बिनोद रिमाल, बिरु मेचे लगायतले संकलन गरेको खाध्यान्न सामाग्री चिया बगानका मजदुरहरुलाई वितरण गरिएको थियो ।

