झापा, चैत १७ । अति विपन्न परिवारका मजदुरहरु ज्यालादारी बन्द भई समस्यामा परेकाहरुले खाद्यन्न पाएका छन् । उनीहरुलाई बिपत ब्यवस्थापन समिति कचनकवल गाउपालिका वडा नं ७ ले खाद्यन्न सामाग्र दिएको छ ।

खाध्यान्न सामाग्री वितरणमा प्रदेश सांसद बसन्त बानियाले आर्थिक सहयोग तथा सहजिकरण गरेका थिए ।
समितिले अहिलेको बिषम परिस्थितिमा रोजगारी बन्द भई दुई छाक टार्न समस्या परेका वडाका अति विपन्न परिवारलाई पाँच केजी चामललगायतका सामाग्री प्रदेश सांसद बसन्त बानिया सहितको टोली घर घरमा नै पुगेर वितरण गरेको थियो । सांसद बानियाको टोलीले कोरोना भाइरस बाट बच्ने उपाय बारे जनचेतना जगाउने १८७ घरपरिवारलाई हातधुने साबुन बितरण गरेको थियो । साथै बिदेश बाट आएका र स्यास्थ्य अवस्था सामान्य रहेकाहरुलार्इ अनिवार्य होम क्वारेन्टाइनमा बस्न सुझाउनुका साथै मास्क वितरण पनि गरेका थिए ।

