विश्व

सिलगुढीमा डाक्टर र नर्समा कोरोना भाइरसको सङ्क्रमण

झापा, चैत २९ । भारतको उत्तर बंगाल मेडिकल कलेजका एक जना चिकित्सकमा पनि कोरोनाको सङ्क्रमण देखिएको छ । ती चिकित्सक दार्जीलिङकी एकजना महिलाको स्वास्थ्य जाँच र उपचारमा सहभागी भएका थिए । जाँचका क्रममा ती महिलामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । उपचारका क्रममा ती महिलाको मृत्यु भएपछि चिकित्सकको पनि स्वास्थ्य जाँच गर्दा कोरोना सङ्क्रमण पाइएको हो ।

मङ्गलबारदेखि बिरामी परेका उनको स्वाबको नमूना परीक्षण गरिएको थियो। बुधबार उनको रिपोर्ट पोजिटिभ आएसँगै अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको छ। दुई साताअघि कोरोना भाइरसका कारण मृत्यु भएकी दार्जीलिङेकी ती महिलाको उपचारका लागि यी चिकित्सक अग्रभागमा खटिएका थिए।

अस्पतालले परिवारलगायत उनको सम्पर्कमा आउने अन्य मानिसहरूलाई पनि क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ। दुई दिनअघि मात्र उक्त अस्पतालमा कार्यरत एक जना नर्स पनि कोरोनाबाट संक्रमित भएको पुष्टि भएको थियो।

ती नर्सलाई सिलगढ़ीको मतिगढ़ामा रहेको प्राइभेट कोभिड १९ अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। उनको स्वास्थ्य अहिले स्थिर छ। कोरोना भाइरसबाट मृत्यु भएकी कालेबुङनिवासी महिलाको उपचारका लागि खटिएको मेडिकल टिममा यी नर्स पनि सहभागी भएकी थिइन्।

थप जानकारी–https://nepalkhabar.com/global/24125-2020-04-09-07-36-14

Leave a Reply

Your email address will not be published.