विश्व

कोरोना भाईरस: मृत्यु हुनेको संख्या १ लाख ३४ हजार नाघ्यो

काठमाडौं, बैशाख ४ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा १ लाख ३४ हजार ५६० जनाको मृत्यु भइसकेको छ । विश्वमा २१० देशमा पुगेको कोरोना भाइरसबाट २० लाख ८२ हजार ३७२ जना संक्रमित भएका छन् । जसमध्ये ५ लाख १० हजार ४६ जना उपचारपछि घर फर्किएका छन् ।

अहिले विश्वका विभिन्न अस्पतालमा १४ लाख ३७ हजार ७६६ को उपचार भइरहेको छ । उपचाररतमध्ये ५१ हजार १६० को अवस्था गम्भीर छ ।

विश्वव्यापीरुपमा एकै दिन कोरोनाका कारण बितेको २४ घण्टाको अवधिमा मात्रै ७ हजार ९५९ जनाको मृत्यु भएको छ । ८४ हजार ४६९ नयाँ संक्रमित फेला परेका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा पछिल्लो २४ घण्टामा बिहिबार बिहान समाचार तयार पार्दासम्म २ हजार ४७० जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २८ हजार ५१५ पुगेको छ ।

अमेरिकामा एकैदिन ३० हजार १४२ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ४४ हजार २५ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ४८ जार ६७९ जना उपचारपछि निको भएका छन् । १३ हजार ४७८ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ६६ हजार ८२९ जना उपचाररत छन् ।

बिहीबार बिहान समाचार तयार पार्दासम्म इटालीमा ज्यान गुमाउनेको संख्या २१ हजार ६७ पुगेको छ । इटालीमा एकैदिन ५७८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २१ हजार ६४५ पुगेको हो । इटालीमा एकैदिन २ हजार ६६७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ६५ हजार १५५ पुगेको छ । इटालीमा संक्रमितमध्ये ३८ हजार ९२ जना उपचारपछि निको भएका छन् । ३ हजार ७९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख ५ हजार ४१८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ४३८ जनाले ज्यान गुमाएका छन् । यो हिजोको तुलनामा झण्डै दोब्बर हो । हिजो ७६२ जनाले ज्यान गुमाएका थिए । एकैदिन १ हजार ४३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार १६७ पुगेको छ ।

एकै दिन ४ हजार ५६० जना संक्रमित भएसँगै कोरोना संक्रमितको संख्या १ लाख ४७ हजार ८६३ पुगेको छ । फ्रान्समा संक्रमितमध्ये ३० हजार ९९५ जना उपचारपछि निको भएका छन् । ६ हजार ४५७ जनाको अवस्था गम्भीर रहेको छ भने ९९ हजार ७४१जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ५५७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार ८१२ पुगेको छ । स्पेनमा एकैदिन करिव ६ हजार ६ सय जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ८० हजार ६५९ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ७० हजार ८५३ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ९० हजार ९९४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.