विविध

बुबाको हत्या गर्ने छोरी पक्राउ

इलाम, जेठ ७ । इलाममा सोमबार राति आफ्नै बुबाको हत्या गरी फरार भएकी एक युवतीलाई प्रहरीने पक्राउ गरेको छ । इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको हत्या गरी फरार भएकी थिइन् ।

५२ वर्षीय बुबा फुलबहादुरलाई सोमबार राति हत्या गरी फरार रहेकी २५ वर्षीया छोरीलाई नजिकैको जङ्गलबाट प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट बञ्चरोसमेत नियन्त्रणमा लिइएको छ ।

सुष्माले घरायसी निहुँमा बुबाको हत्या गरेको बताइएको छ । सुष्माले बुबालाई टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय मङ्गलबारेको संयुक्त टोलीले खोज तथा अनुसन्धान गरी मंगलबार सुष्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।

सुष्मालाई जिल्ला प्रहरी कार्यालय इलामबाट कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.