झापा, जेठ २९ । भारतलाई चेतावनी दिदैं युवा र विद्यार्थी संगठनले नेपालको पूर्वी प्रवेशद्वार काँकरभिट्टा स्थित मेची पुलमा नेपालको नयाँ नक्सा राखीएको छ । बिहिबार बिहान प्रदेश सांसदद्वय गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले संयुक्त रुपमा कलापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नेपालको नयाँ नक्सा अनावरण गरेका थिए ।

सत्तारुढ दल नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मेचीनगर र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्वविव्यू) मेचीनगरले संयुक्त रुपमा नयाँ नक्सालाई होडिङ बोर्डमा बनाएर पूर्वी नाकामा राखिएको राष्ट्रिय यूवा संघ नेपाल मेचीनगरका अध्यक्ष समेत रहेका कार्यक्रम संयोजक सरोज मेहराले बताए।
नक्सा अनावरण कार्यक्रममा प्रदेश सांसद बुढाथोकीले नेपालको भूगोलको वास्तविक नक्सा जारी गरेर सरकारले देशको भौगोलिक अखण्डतालाई सुरक्षीत राखेको र बाकी रहेको भूभागलाई पनि नेपालको नक्सामा राख्नका लागि संघर्ष गर्ने बताए ।
नक्सा अनावरण कार्यक्रममा मेचीनगर उपप्रमुख मीना उप्रेती पोखरेल, मेचीनगर कार्यपालिका सदस्य टिका मंग्रान्ती, नेकपाका जिल्ला कमिटि सदस्यहरु डिल्लीराम घिमिरे, शंकर थापा, प्रकाश भण्डारी, नेकपाका मेचीनगर कमिटि अध्यक्ष माधब अर्याल, पूर्व यूवासंघ केन्द्रिय सचिव राजु कार्की, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य कुमार आचार्य, राष्ट्रिय युवा संघ नेपाल झापा सचिव दधिराम रिमाल, पूर्व वाईसियल मेचीनगर इन्चार्ज बिश्वराज पोखरेल, पूर्व वाईसियल मेचीनगर अध्यक्ष विनोद मण्डल, लुसन तिवारी, सञ्जय तामाङको उपस्थित थिए ।

त्यसैगरी विद्यार्थी नेताहरु अनेरास्वविव्यू झापा संयोजक अनिल सुवदी, सहसंयोजक दुर्गा धमलालगायतको उपस्थित रहेको थियो । कार्यक्रम सञ्चालन पूर्व अनेरास्ववियु मेचीनगर अध्यक्ष सन्तोष धमलाले गरेका थिए ।

