अर्थ

प्रमुख प्रशासकीय अधिकृत र ओभरसियर अख्तियारको नियन्त्रणमा

काठमाडौं, साउन ५ । अख्तियार दुरुपयोग अनुसनधान आयोगले प्रमुख प्रशासकीय अधिकृत र ओभरसियरलाई घुस रकम लिँदालिँदै नियन्त्रणमा लिइएको छ । अख्तियारले ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद जैशी र ओभरसियर किशोर मोक्तानलाई नियन्त्रणमा लिएको छ ।

प्रमुख कार्यकारी अधिकृत जैशी र ओभरसियर मोक्तानलाई सेवाग्राहीसँग १ लाख ५० हजार घुस रकम लिँदालिँदै नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

अख्तियार र प्रहरीको संयुक्त टोलीले कागजात नियन्त्रणमा लिएर अनुसन्धान गर्ने तयारी गरेको प्रहरीले जनाएको छ । नगरपालिका कार्यालय सिल गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.