झापा । झापाको मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज अन्तिम क्वाटरफाइनल खेल हुँदैछ । काँकरभिट्टा खेल मैदानमा आज ए डिभिजन क्लब मछिन्द्र एफसी काठमाडौं र विभागीय टिम शसस्त्र प्रहरीको एपीएफ एफसी काठमाडौं बिच खेल हुनेछ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित मेचीनगर गोल्डकपको पाँचौं संस्करणमा यी दुई टिम बिच रोमाञ्चक भिड्न्त हुने आयोजकले Read More…
Author: हाम्रो खबरपाटी
व्ल्याक बुल्स एफसी उज्वेकिस्तानलाई पराजित गर्दै धरान एफसी सेमिफाइनलमा
काँकरभिट्टा । अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा पाहुना टोली उज्वेकिस्तानको व्ल्याक बुल्स एफसी यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको पहिलो चरणबाटै घर फर्किएको छ । टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५– ३ को गोल अन्तरले पराजित हुँदै व्ल्याक बुल्स घर फर्किएको हो । टाईब्रेकरमा धरानका कप्तान मिलन राई, सुरज रसाइली, प्रज्वल थापा, अजय विष्ट र सुगम जिसीले Read More…
इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : बुधबारेलाई हराउँदै बाहुनडाँगी सेमिफाइनलमा
मेचीनगर । झापाको मेचीनगर -४ बाहुनडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ। टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै मात्रै ७२ रन बनाएको थियोे । बुधबारेका लागि Read More…
पाँचौं मेचीनगर गोल्डकपमा आज धरान एफसीले उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीको सामना गर्दै
झापा । झापाको मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज तेस्रो क्वाटरफाइनल खेल हुँदैछ । धरान एफसी सुनसरीले दोस्रो प्रतियोगितामा खेल्न नेपाल आएको विदेशी टिम उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीको सामना गर्दैछ । व्ल्याक बुल्स एफसी यसअघि आहारारा पोखरा गोल्डकप खेल्न नेपाल आएको थियो । नेपालमा खेलेको पहिलो पटक नै उसले विभागीय टिम नेपाल पुलिस क्लबलाई Read More…
धुलाबारी नन्दा कोरिडोरमा फागुन २७ र २८ गते रैथाने स्वादको महोत्सव हुने
धुलाबारी । झापाको धुलाबारीमा रैथाने स्वादको महोत्सव हुने भएको छ । यही फागुन २७ र २८ गते स्थानीय चार वटा जनजाति समुदायका खाना र साँस्कृतिक महोत्सव हुने भएको हो । मेचीनगर १० को नन्दा कोरिडोर प्रवर्धन केन्द्रको आयोजनामा ‘रैथाने स्वाद तथा साँस्कृतिक महोत्सव’ हुन लागेको आयोजक संस्थाका अध्यक्ष धर्मेन्द्र खड्काले जानकारी दिनुभयो । महोत्सवका बारेमा Read More…
इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट: बौद्धमोडद्वारा ताराबारी ७ विकेटले पराजित
मेचीनगर । झापाको मेचीनगर -४ बाहुणडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा ताराबारी बोर्डर क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै बौद्धमोड क्रिकेट क्लब अघिल्लो चरण प्रवेश गरेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको ताराबारीले १६ ओभरमा सबै विकेट गुमाउँदै मात्रै १०१ रन बनाएको थियोे । ताराबारीका लागि Read More…
बाली बीमाको विकल्प छैन् : नगरप्रमुख बुढाथोकी
बाहुनडाँगी । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले हात्ती पीडित क्षेत्रका जनताको सुरक्षा र जीवनस्तर सुधार्न बाली बीमाको विकल्प नभएको बताएका छन् । आज संघिय वन तथा वातावरण मन्त्रालय, युएनडीपी तथा उज्यालो नेपाल वर्दियाको सहयोगमा कृषि बीमा सम्बन्धी एकदिवसीय कायपत्र प्रस्तुत गरिएको कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । ‘हात्तीको आक्रमणबाट जनधनको क्षति रोक्न बाली बीमा आवश्यक Read More…
पाँचौ मेचीनगर गोल्डकप : चर्च व्वाइज सेमिफाइनल प्रवेश, झापा एफसी सडनडेथमा स्तब्ध
काँकरभिट्टा । नेपाल सुपर लिग )एनएसल) को तयारीमा रहेको झापा एफसी लिगलिडर चर्च व्वाइज युनाइटेडसँग पराजित भएको छ । काँकरभिट्टामा जारी पाँचौ मेचीनगर गोल्डकपको आइतबार सम्पन्न खेलमा चर्च व्वाइज विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरीमा सकिएपछि निर्णायकका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–४ को Read More…
पाँचौं मेचीनगर गोल्डकप : आज चर्च ब्वाइज र झापा एफसी आमनेसामने
झापा । झापाको मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज दोस्रो दिनको खेल सञ्चालन हुँदैछ । आज चर्च ब्वाइज युनाइटेडले झापा एफसीको सामना गर्नेछ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित मेचीनगर गोल्डकपको पाँचौं संस्करण काँकरभिट्टा खेलमैदानमा दिउँसो २:३० बजेबाट सेमिफाइनल प्रवेशका लागि ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र एनएसएल टिम झापा एफसीको Read More…
पाँचौं मेचीनगर गोल्डकप : जर्जियन एफसीलाई पराजित गर्दै आयोजक सेमिफाइनलमा
मेचीनगर । काँकरभिट्टामा शनिवारबाट सुरु भएको पाँचौ मेचीनगर गोल्डकपमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले विजयी सुरुवात गरेको छ । शनिवारबाट काँकभिट्टा खेलमैदानमा सुरु भएको प्रतियोगितामा पाहुना टोली जर्जियन फुटबल क्लब भारतलाई ४– २ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो । खेलको २८ औँ मिनेटमा जर्जियन खेलाडी टिमका लागि पहिलो गोल गरे । Read More…










