राजनीति

युवा संगठन नेपालले कोशीका मुख्यमन्त्रीलाई बुझायो ज्ञापनपत्र

प्रविण अधिकारी झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले सि जातलाई कानुनी मान्यता दिन दबाब स्वरूप जनताको हस्ताक्षर संकलन गरी कोशी प्रदेश का मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई बुझाएको छ। ज्ञापनपत्र र हजारौंको हस्ताक्षर सहित संगठनका केन्द्रीय महासचिव सुवास सी नेतृत्वको टिमले मुख्यमन्त्री कार्कीलाई कार्यालयमा पुगेर संकलित हस्ताक्षर र ज्ञापनपत्र बुझाएको हो Read More…

राजनीति

एमाले मेचीनगर: उपाध्यक्षमा कञ्चन, सचिवमा सागर र उपसचिवमा राजु विजयी

मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीको उपाध्यक्षमा कञ्चनकुमार तामाङ, सचिवमा शेखर ओली (सागर) र पुरुष उपसचिव पदमा राजु धिमाल निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार उपाध्यक्षमा कञ्चनकुमार तामाङ २४७ मत, सचिवमा शेखर ओली (सागर) ले २७७ मत र उपसचिव पदमा राजु धिमालले २३१ मत ल्याएर विजयी भएको जानकारी दिए । उपाध्यक्षका उम्मेदवार डेनु मगरले १६८, Read More…

राजनीति

एमाले मेचीनगर अध्यक्षमा कार्की सर्वसम्मत

काँकरभिट्टा । नेकपा एमाले मेचीनगर कमिटीको अध्यक्षमा राजु कार्की सर्वसम्मत चयन भएका छन । एमाले मेचीनगर कमिटीको दोस्रो अधिवेशनले कार्कीलाई अध्यक्षमा चयन गरेको हो । जेठ ५ गतेदेखि सुरु अधिवेशनले अध्यक्षमा कार्की, महिला उपसचिवमा जानुका ओली र सदस्यहरु सहमतिबाट टुंङ्गा लगाएको छ । निर्वाचन समितिले यसअघि सर्वसम्मत भएका बाहेकका उम्मेदवारहरुको मंगलबार दिउँसो ४ वजेदेखि साँझ ६ Read More…

राजनीति

एमाले मेचीनगर : अध्यक्षमा कार्की र भट्टराइको उम्मेदवारी

मेचीनगर । नेकपा एमाले मेचीनगरको अध्यक्ष पदमा २ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदमा राजु कार्की र जगन भट्टराई उम्मेदवारी परेको हो । एमाले मेचीनगर कमिटीको दोस्रो अधिवेशन शनिबारदेखि काँकरभिट्टा स्थित मेची सामुदायिक हलमा जारी छ । शनिबार उद्घाटन सत्र सकिएको छ भने आइतवार निर्वाचन प्रक्रियामा गएको थियो । केहि पदमा सर्वसम्मत भएको Read More…

राजनीति

‘गरिव र सुकुमबासीको जिम्मा एमालेले लिन्छ’ : उपाध्यक्ष ज्ञवाली

मेचीनगर । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले एमालेका नेता तथा कार्यकर्ताहरुले जनता देख्दा मुसुक्क हाँस्नु पर्छ, गमक्क भएर बस्न नहुने बताएका छन् । शनिवार काँकरभिट्टा स्थित मेची सामुदायिक हलमा एमाले मेचीनगरको दोस्रो अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि ज्ञवालीले एमालेका नेता तथा कार्यकर्ताहरु कांग्रेस, कांग्रेस जस्तो हुन खोजेको बताएका हुन् । उनले चुनावमा पैसा दिएर Read More…

राजनीति

आज ३१औं मदन-आश्रित स्मृति दिवस

काठमाडौं । आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । सोही दिनको स्मरणमा नेकपा एमालेले हरेक वर्ष जेठ ३ गते विविध Read More…

राजनीति

एमालेका पुराना कार्यकता सम्मानित

मेचीनगर। बिगत लामो समयदेखि नेकपा एमालेमा रहेर आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने २ जना अग्रज कार्यकर्तालाई आज एक कार्यक्रमका बिच सम्मानित गरिएको छ । एमाले मेचीनगर ८ वडा कमिटीद्वारा आयोजित दोस्रो मेचीनगर कमिटी अधिवेशनको लागि प्रतिनिधि छनोट कार्यक्रममा वडा कमिटी अध्यक्ष बिष्णु भट्टराईले पार्टीमा महत्त्वपूर्ण योगदान पुर्याएकाे भन्दै ताकेन्द्र तामाङ र हेम बहादुर कार्कीलाई सम्मान Read More…

राजनीति

इलाममा एमालेको बर्चस्व कायमै

इलाम । इलाममा नेकपा एमालेले आफ्नो बर्चस्व कायम राखेको छ । बिगत अढाई दशकदेखि एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आफ्नो पकट जमाएको इलाममा उनको सेखापछि पनि यस क्षेत्रमा एमालेले बर्चस्व कायम राख्न सफल भएको हो । सुवास नेम्वाङको निधनपछि इलाम क्षेत्र नं २ बाट प्रतिनिधित्व गर्ने संघिय सांसद पद रिक्त रहेको थियो । उक्त खाली रहेको Read More…

राजनीति

इलाम २ अपडेटः मतान्तर फराकिलो बनाउँदै एमाले उम्मेद्वार सुहाङ

इलाम । इलाम क्षेत्र नं. २ मा उपनिर्वाचनको मतगणना जारी रहँदा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । अहिलेसम्म गणना भएको १७ हजार ३७५ मतमा सुहाङले ७०३३ मत प्राप्त गर्दा काँग्रेसका डम्बर खड्काले ५१०९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  त्यस्तै पहिचानवादीका तर्फबाट स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले Read More…

राजनीति

इलाम–२ उपनिर्वाचन : स्वतन्त्र उम्मेद्बार मनोज निरौलाको चुनाव चिन्ह माछा

इलाम । प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम–२ को उपनिर्वाचनमा युवा स्वतन्त्र उम्मेद्बार मनोज निरौला (प्रदिप) ले माछा चुनाव चिन्ह प्राप्त गरेका छन् । इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदै छ । ुगत २४ गते मनोनयन दर्ता गराएका राजनीति दल र स्वतन्त्र उम्मेद्बारले उम्मेद्बारी दर्ता गराएका थिए । सचेत युवाको हिसावले पर्यटकीय अथाह Read More…