काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई आज बिहान पक्राउ गरेकाे हाे । उनलाई भेपमार्फत सुन तस्करीको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो। ब्युरोले महरासँग सम्बन्धित एक सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको थियो। केही दिन अघि मात्रै महरामाथि अनुसन्धान गर्न ब्युरोले बयान लिएको थियो। यसअघि पनि, २०८० Read More…
समाचार
जेनजी आन्दाेलनमा ज्यान गुमाउनेहरूको सम्मानमा आज शाेक बिदा
काठमाडौँ । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । यही भदौ २३ र २४ गते जेनजी पुस्ताको प्रदर्शनमा ज्यान गुमाउनेहरूको सम्मान स्वरूप सार्वजनिक बिदा दिइएको मंगलबार गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको थियो । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ,’मिति २०८२ Read More…
संयमित हुन सेनाको अपील
काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरूको गैरजिम्मेवारीका कारण उत्पन्न परिस्थितिले मुलुक सर्वसाधारण नेपालीले कल्पनै नगरेको विषम परिस्थितिमा पुगेको छ । प्रधानमन्त्री राजीनामा दिएर भूमिगत भएका छन् । राजनीतिक शून्यता भएको छ । २४ घण्टामा देशको सबै संरचना भताभुंग भइसकेको छ । प्रधानमन्त्रीलगायतले राजीनामा दिइसकेकाले अबको संवैधानिक अन्योल छ । अब जेनजी पुस्ताको माग अनुसार राष्ट्रिय Read More…
शीर्ष नेताका अहंकारले देश राजनीतिक शून्यतामा
काठमाडौं । दुई दिनको जेनजी आन्दोलनले मुलुकको राजनीतिक नक्सा नै बदलिदियो । सोमबार सुरु भएको विरोध मंगलबार साँझसम्म हिंसात्मक रूप लिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य मात्र भएनन्, ज्यान जोगाउन लुक्नु परेको छ । किन ओलीले परिस्थितिको संकेत बुझ्न ढिलाइ गरे ? ओलीको अहंकारी र एकल निर्णय प्रवृत्तिले संकटलाई चर्काएको हो । Read More…
करोडौको लगानीमा फोहोरबाट ग्यास उत्पादन, पाइपलाइनमार्फत घर–घरमा पु¥याउने योजना अपुरै
झापा । झापाको कनकाइ नगरपालिका, विर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाको साझेदारीमा ८ बर्षअघि सुरु गरिएको “कनकाई–विर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेड” हालसम्म पनि नागरिकलाई प्रत्यक्ष सेवा दिन असमर्थ देखिएको छ । फोहोरबाट ग्यास उत्पादन गरी पाइपलाइनमार्फत घर–घरमा पु¥याउने महत्वाकांक्षी योजना सार्वजनिक भएको लामो समय बितिसक्दा पनि आयोजनाले सेवा दिन नसकेपछि स्थानीयवासी निराश बनेका Read More…
झापा प्रहरीद्वारा फरार कैदी पौडेल पक्राउ
झापा । सुनसरी कारागारबाट केही दिनअघि पर्खाल नाघी फरार भएका एक कैदीलाई प्रहरीले झापामा पक्राउ गर्न सफल भएको छ । मिति २०८२ साउन २८ गते कारागारबाट भागेका जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई सजाय भोगिरहेका खोटाङ, दिप्रुङचुचुमा गाउँपालिका–२ निवासी २८ वर्षीय रुपक पौडेललाई झापा प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय झापाबाट Read More…
दमकको बालुवाटार काण्ड : ८ सय रोपनी जग्गा व्यक्तिमा लैजाने माओवादी नेता गगनसहित ९ जना भ्रष्टाचारी ठहर
काठमाडौं । विशेष अदालतले झापाको दमकमा सरकारी तथा सार्वजनिक जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गरेको भ्रष्टाचार मुद्दामा ८ जना सरकारी कर्मचारी र एक जनालाई मतियारका रूपमा दोषी ठहर गरेको छ । अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरूलाई कैद र जरिवानाको फैसला सुनाएको छ भने अनियमितता भएका सबै जग्गा जफत गरी नेपाल सरकारको नाममा Read More…
वर्षाले जमिन भासिँदा मेचीनगरमा घर भत्कियो, २० लाख बराबरको क्षति
मेचीनगर । झापाको मेचीनगरमा अविरल वर्षापछि जमिन भासिँदा एक परिवारको घर भत्किएको छ। मेचीनगर नगरपालिका–६, पिङकीठ्याकमा बसोबास गर्दै आएका ज्ञानबहादुर गिरीको भान्साघर र पर्खाल पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। शनिबार दिउँसो करिब १ः४५ बजे जमिन भासिन्दा गिरीको जस्ताको छाना भएको एकतले भान्सा घर र पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनामा करिब २० Read More…
बिर्तामोडबाट भारतीय नक्कली डाक्टर पक्राउ
झापा। झापाको बिर्तामोडमा एकजना भारतीय नक्कली डाक्टर पक्राउ परेका छन् । पायल्सलगायतका रोगहरु निको पार्ने भन्दै बिर्तामोड आएका भारत पानीट्यांकी बस्ने प्रोभात चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनले आफू डाक्टर भएको भन्दै उपचार गर्ने गरेका थिए । आफूलाई डाक्टर भन्ने उनीसँग कुनै आधिकारिक कागजात नरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले जानकारी दिएका Read More…
नेपालीद्वारा धनीपूर्जाको प्रलोभन देखाई स्थानीयबाट रकम असुलीको आरोप
झापा । जिल्ला समन्वय समिति झापाका सदस्य रीता नेपालीले अर्जुनधारा ५ का दर्जनौं अव्यवस्थित वसोवासीहरुबाट धनीपूर्जा दिलाउने प्रलोभन देखाई रकम असुलेको खुलेको छ । अर्जुनधारा – ५ कै वासिन्दा रहेकी नेपालीले स्थानीय फूलमाया मोते, रञ्जु गुप्ता श्रेष्ट, प्रमिला राजवंशी लगायत ३० जना भन्दा बढी स्थानीयबाट १५ दिन भित्र धनीपूर्जा दिलाई दिने भन्दै जनही ६ हजारका Read More…










