समाचार

नेपालमा कोरोना: कुन प्रदेशको अवस्था कस्तो ?

काठमाडौं, बैशाख २० । शनिवार नेपालमा थप संक्रमितको संख्या थपिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी उपलब्ध गराएका छन् । जसमध्ये देशभर हालसम्म पिसिआर परीक्षण विधिवाट १३ हजार ९५ वटा कोरोना परीक्षण भएका छन् । त्यस्तै आरडिटी विधिबाट देशभर कुल ४८ हजार ५ सय २९ वटा कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ । त्यस्तै बितेको २४ घण्टामा १ हजार २ सय ५२ वटा परीक्षणहर भएका छन् ।

हालसम्म देशभर ४८ हजार ५ सय २९ वटा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमध्ये प्रदेश १ मा ५ हजार २ सय ८२, प्रदेश २ मा ५ हजार ६ सय ८७, बाग्मती प्रदेशमा ५ हजार ५ सय १५, गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ४ हजार २ सय ४०, कर्णाली प्रदेशमा ५ हजार ५ सय ७१ तथा सुदूरपश्चिम प्रदेशमा १३ हजार ८ सय २३ वटा आरडिटी विधिमार्फत कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । भने हालसम्म नेपालमा २२ हजार ९ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये प्रदेश १ मा २ हजार ८ सय ६५, प्रदेश २ मा १ हजार ३ सय ९१, बाग्मती प्रदेशमा ५ सय ११, गण्डकी प्रदेशमा ६ सय ३२, प्रदेश ५ मा ११ हजार ३ सय ४, कर्णाली प्रदेशमा ३ हजार २ सय ७२ तथा सुदूरपश्चिम प्रदेशमा ३ हजार जना मानिस क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै देशभर ८९ जना संभावित कोरोना संक्रमितहरु आइसोलेसनमा रहेका छन् भने जसमध्ये ४ जना काठमाडौ उपत्यकामा तथा बाँकी ८५ जना देशका अन्य ठाँउमा रहेका छन् । सूचना तथा जानकारीका लागि मन्त्रालयले उपलब्ध गराएको ११३७ तथा १११५ नम्बरका फोनहरुमा बितेको २४ घण्टामा २ हजार ४८ वटा कलहरु प्राप्त भएका छन् । भने मन्त्रालयले उपलब्ध गराएको दुइवटा एपहरु मार्फत हालसम्म स्वमुल्यांकन फारम भर्नेको संख्या २९ हजार २९ हजार ६ सय ८५ रहेको मन्त्रालयले जनाएको छ । भने बितेको २४ घण्टामा ३ सय १ जनाले स्वमुल्यांकन फारम भरेका छन् ।

अहिले नेपालमा ५९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यसमा ४९ पुरुष र १० जना महिला रहेका छन् । संक्रमित मध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले विराटनगरमा ३१ र वीरगञ्जमा ८ जना उपचाररत रहेका छन् । यसैगरी रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा १—१ जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताए । भने हालसम्म कोरोना संक्रमित सबैको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा परीक्षण भएका १२ सय ५२ वटा नमुनाहरु नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । त्यस्तै हालसम्म नेपालमा ३ सय १९ जना सम्भावित कोरोना संक्रमितहरु रेड जोनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *