विविध

जबर्जस्ती करणी प्रयासको आरोपमा श्रीमान् र जेठाजु पक्राउ

कैलाली, बैशाख २० । गौरीगङ्गा नगरपालिकाकी एक १६ वर्षीय युवतीमाथि जबर्जस्ती करणी गर्न खोजेको आरोपमा उनका १७ वर्षीय श्रीमान् र २३ वर्षीया जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित युवतीबाट श्रीमान्समेतले आफूलाई जेठाजुबाट जबर्जस्ती करणी गराउन खोजेको हुँदा कारवाही गरी पाउ भनी जाहेरी आएकामा श्रीमान् र जेठाजुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

त्यस्तै सोही घटनामा प्रहरीसँग मुद्दा मिलाइदिन्छु भन्दै रु ५० हजार घुससहित वडा नं ११ स्थित लक्ष्मी सामुदायिक वन उपभोक्ता समिति उदासिपुरका अध्यक्ष बिर्ख धामीलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *