विश्व

कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या दुईलाख ४४ हजार

काठमाडौं, बैशाख २१ । कोरोनाभाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या दुई लाख ४४ हजार नाघेको छ । कूल संक्रमितको ३४ लाख ८० हजार पुगेको छ भने निको हुनेको संख्या ११ लाख ८ हजार छ ।

भारतमा पनि संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएको छ । संक्रमितको संख्या साढे ३९ हजार हुँदा मृत्यु हुनेको संख्या एकहजार ३२३ भएको वल्डओमिटरले लेखेको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा मृत्यु हुनेको संख्या मात्रै ६७,४१० पुगेको छ, विभिन्न राज्यमा गरी संक्रमितको संख्या साढे ११ लाख नाघेको छ ।

त्यस्तै कोरोनाबाट बढी मृत्यु हुने अन्य देशमा इटाली, बेलायत, स्पेन र फ्रान्स रहेका छन् । इटालीमा २८,७१०, बेलायत २८,१३१, स्पेन २५,१०० र फ्रान्समा २४७६० जनाको मृत्यु भएको वल्डओमिटरले जनाएको छ । बेल्जियम, ब्राजिल र इरानमा पनि मृत्यु हुनेको संख्या बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *