समाचार

नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ७५ पुग्यो

काठमाडौं, बैशाख २१ । नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार आइतबार साँझ  नेपालञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि आज मात्रै नेपालगञ्जमा ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो । Read More…

स्वास्थ्य

प्रदेश १ मा ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण

विराटनगर, वैशाख २१ । प्रदेश १ मा ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण भएको छ । आइबारसम्म द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर) बाट यो संख्यामा कोरोना परीक्षण भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार आरडीटीतर्फ ५ हजार ७ सय १६ जनाकोे नमूना परीक्षण भएको Read More…

समाचार

नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं, बैशाख २१ । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार पर्सामा ३६ वर्षीया पुरुष र नेपालगञ्जको प्रयोगशालामा ९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । डा देवकोटाका अनुसार नेपालगञ्जमा Read More…

समाचार

बजेट अधिवेशन वैशाख २६ गते बोलाउने सरकारको निर्णय

काठमाडौं, बैशाख २१ । सरकारले संसद्को बजेट अधिवेशन वैशाख २६ गते बोलाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते दिउँसो ४ बजे बजेट अधिवेशन बोलाउने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ । बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र छलफल गरी Read More…

स्वास्थ्य

विपदमा मंग्रातीको सक्रियताले नगरवासी सुरक्षित

झापा, बैशाख २१ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ को संक्रमणबाट नागरिकलाई जोगाउन स्वास्थ्य परीक्षण, सचेतनालगायत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । कोरोनाको सन्त्रास फैलिईरहेका बेला मेचीनगर नगरपालिकाले नगरवासीको स्वास्थ्य सुरक्षाका लागि सञ्चालन गर्दै आएको अभियान प्रभावकारी देखिएको छ । अझ मेचीनगर नगरपालिका विपद् व्यवस्थापन समितको सक्रियताका कारण नगरवासी सुरक्षित भएको Read More…

राजनीति

नेकपा स्थायी कमिटी बैठक २५ वैशाखमा, वामदेव गौतम प्रतिनिधिसभाको उम्मेद्वार

काठमाडौं, बैशाख २१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । शनिबार सकिएको सचिवालय बैठकले २४ वैशाखमा सचिवालय बस्ने र २५ वैशाखमा स्थायी कमिटी बैठक बस्ने निर्णय गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, बैठकमा शीर्ष नेताहरुले आत्मलोचना गरेका छन् । प्रधानमन्त्री केपी शर्मा Read More…

विश्व

कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या दुईलाख ४४ हजार

काठमाडौं, बैशाख २१ । कोरोनाभाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या दुई लाख ४४ हजार नाघेको छ । कूल संक्रमितको ३४ लाख ८० हजार पुगेको छ भने निको हुनेको संख्या ११ लाख ८ हजार छ । भारतमा पनि संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएको छ । संक्रमितको संख्या साढे ३९ हजार हुँदा मृत्यु हुनेको संख्या Read More…