स्वास्थ्य

विपदमा मंग्रातीको सक्रियताले नगरवासी सुरक्षित

झापा, बैशाख २१ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ को संक्रमणबाट नागरिकलाई जोगाउन स्वास्थ्य परीक्षण, सचेतनालगायत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । कोरोनाको सन्त्रास फैलिईरहेका बेला मेचीनगर नगरपालिकाले नगरवासीको स्वास्थ्य सुरक्षाका लागि सञ्चालन गर्दै आएको अभियान प्रभावकारी देखिएको छ । अझ मेचीनगर नगरपालिका विपद् व्यवस्थापन समितको सक्रियताका कारण नगरवासी सुरक्षित भएको महसुस गरेका छन् ।

मेचीनगर नगरपालिका भारत छिर्ने मुख्य नाका हो । यो नाका भएर भारतका विभिन्न राज्यसँगै वंगलादेश र भुटान जाने गरिन्छ । कोराना त्रासले अहिले यो नाका सिल छ । मेचीनगर नगरपालिका अन्य नगरभन्दा वढी जोखिममा छ । तर जनता प्रति नगरको चासो अनि विपद् व्यवस्थापन समितिको सक्रियताका कारण नगरका जनताले सुरक्षित महसुर गरेका छन् । मेचीनगर विपद् व्यवस्थापन समिति संयोजक टिका मंग्राती दिन रात नभनिकन नगरवासीको सेवामा लागिपरेका छन् ।

मेचीनगरमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन नगरपालिका अन्तर्गतको यस उपसमितिले विभिन्न कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउँदै आएको छ । हामीले नगरमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्दे आएको छ ।

अहिले मेचीनगर नगरपालिका अन्तरगत १५ वटै वडाहरुमा हात धुने व्यवस्था गरिएको छ । विभिन्न मुलुकबाट दैनिक आएका नेपाली नागरिकलाई क्वारेन्टाइनमा राखी स्वास्थ्य परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १४ दिन राखेका २ सय ५० जना नेपालीहरुलाई स्वास्थ्य परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट देखिएपछि उनिहरुलाई घरतर्फ पठाइएको छ ।

मेचीनगरमा धाइजन स्वास्थ्य चौकी, सतिघट्टास्थित माइती नेपाल, इटाभट्टाको आदर्श मावि र बौद्धमोडमा रहेको विद्यालयलाई क्वारेन्टाइनका रुपमा सञ्चालन गर्दै आएको छ । अहिले सतिघट्टास्थित माइती नेपालको भवनमा क्वारेन्टाइन सञ्चालनमा छैन् । हाल धाइजनमा ९, बौद्धमोडमा ४६ र इटाभट्टामा ६१ जना नेपाली र भारतीय नागरिक उपचारका क्रममा क्वारेन्टाइनमा रहेका छन् ।

आफ्नो देश जाने भनेर विभिन्न जिल्लाबाट हिँड्दै मेचीनगर आइपुगेको ४६ जना भारतीय मजदुरलाई मेचीनगर–२ स्थित जनसाधारण माविको क्वारेन्टाइनमा राखिएको छ । उनिहरुलाई स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर राखेका छौं । उनीहरूको खाने बस्ने खर्चको जिम्मेवारी मेचीनगर नगरपालिकाले लिएको नगरपालिकाका कार्यपालिका सदस्य तथा विपद् व्यवस्थापन समिति संयोजक टीकाराम मंग्रान्तीले बताए ।

संयोजक टीकाराम मंग्रान्ती भने– ‘स्थानीय सुरक्षा निकायसँग आवश्यक समन्वय गरी लकडाउन र सीमावर्ती नाकाबाट भित्रिने व्यक्तिहरुको निगरानी तथा व्यवस्थापन कार्यलाई हामीले व्यवस्थित बनाउँदै आएका छौं ।’ ‘नगरमा हालसम्म प्रदेश नम्बर १ को स्वास्थ्य टोलीले ७० जना र नगर स्वास्थ्य शाखाको टोलीले १ सय २० गरी कूल १ सय ९० जनाको र्या्पिड डाइग्नोष्टिक टेस्ट आरडिटी प्रविधिबाट परीक्षण गरिएको छ ।’

नगरले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सञ्चालन गरेका विभिन्न कार्यमा हालसम्म १९ लाख ६२ हजार रुपैयाँ रकम खर्च भएको संयोजक मंग्रान्तीले बताए । ‘हरेक वडामा विपन्न परेका र विपन्न परिवारको पहिचान गर्ने कार्यलाई निरन्तरता दिईरहेका छौं, सो कार्यमा सहयोगी भूमिका निर्वाह गर्न पनि म सबैलाई अनुरोध गर्दछु ।’ उनले भने–‘सरकारले नागरिकको सुरक्षाका लागि आह्वान गरेको लकडाउनको पूर्ण पालना गरी कोरोनाबाट आफू जोगिन र अरुलाई पनि जोगाउन सम्पूर्ण नगरवासीलाई हार्दिकतापूर्वक अपिल गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *