राजनीति

नेकपा स्थायी कमिटी बैठक २५ वैशाखमा, वामदेव गौतम प्रतिनिधिसभाको उम्मेद्वार

काठमाडौं, बैशाख २१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । शनिबार सकिएको सचिवालय बैठकले २४ वैशाखमा सचिवालय बस्ने र २५ वैशाखमा स्थायी कमिटी बैठक बस्ने निर्णय गरेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, बैठकमा शीर्ष नेताहरुले आत्मलोचना गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताहरुले आफ्नो पक्षबाट भएको कमजोरीमा आत्मलोचना गरेको श्रेष्ठले बताए ।

सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेद्वार बनाउने निर्णय गरेको छ । बैठकले बजेट अधिवेशनको तयारी गर्ने निर्णय पनि गरेको छ । सचिवालय बैठकबाटै नेकपाले कार्यकर्ता पंक्तिमा पार्टी विभाजनलाई सहयोग पुग्ने गतिविधि नगर्न पनि निर्देशन दिएको छ ।

सचिवालय बैठक अगाडि नै गौतमलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव प्रधानमन्त्रीले राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *