खेलकुद

बर्नली विजयी, साउथ हेम्प्टन र वुल्भरहेम्प्टनको बराबरी

काठमाडौं, मंसीर ९ । बर्नलीले ईङलिश प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ । सातौ चरणसम्म जित हात पार्न नसकेको बर्नलीले आठौ चरणको खेलमा क्रिष्टल प्यालेसलाई १–० ले हराउदै सिजनको पहिलो जित हात पारेको हो ।

उसको जितमा खेलको आठौ मिनेटमा क्रिस उडले गरेको गोल निर्णायक बन्यो । खेलमा अधिकाश समय बल पोजिनमा पकड जमाएपनि क्रिष्टलले आधा दर्जन अवसर खेर फाल्दा हार भोग्न बाध्य भयो । ८ खेलबाट ५ अंक जोडेको बर्नली यो जितसंगै रेलिगेशन क्षेत्रबाट माथी उक्लिएको छ ।

गएराती नै साउथ हेम्प्टन र वुल्भरहेम्प्टनले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् ।