खेलकुद

रोकियो नेपालले खेल्ने चारदेशीय २०-२० श्रृखला

काठमाण्डौ, मंसीर १० । नेपाल, कतार, मलेसिया र युगाण्डाबिच हुने भनिएको चारदेशीय ट्वान्टी २० सिरिज स्थगीत भएको छ । कतार क्रिकेट संघको आयोजनामा डिसेम्बर १५ बाट दोहामा हुने भनिएको प्रतियोगीता स्थगीत भएको हो । कोराना माहामारीका कारण देखाउदै कतार सरकारले अनुमती नदिएपनि श्रृखला स्थगीत गरिएको कतार क्रिकेट संघले जनाएको छ ।

यसअघि उसलै तीनै मुलुकका क्रिकेट संघमा पत्राचार गर्दै प्रतियोगीताको तयारी अघि बढाएको थियो । मलेसीया र युगाण्डाले त्यसलाई समर्थन गर्दै सहभागी हुने जनाउदै त्यसको तयारी पनि सुरु गरिसकेका थिए । तर नेपालले भने औपचारिक जवाफ पठाएको थिएन । यद्यपी क्यानले प्रस्तावलाई सकारात्मक भन्दै पछि जवाफ दिने बताएको थियो ।

कोरोना माहामारीपछिको पहिलो अन्तराष्ट्रिय सिरिज खेल्ने एसोसिएट राष्ट्रको लक्ष्य कतार सरकारको निर्णयसंगै टुंगीएको हो । मलेसीयाले एसियाली मुलुकसंग डिसेम्बरमै मैत्रीपुर्ण खेल खेल्ने जनाएको छ । नेपालले भने आजबाट प्रशिक्षण सुरु गर्दैछ ।