स्वास्थ्य

झापामा बुधबार थप १७८ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यू

झापा, बैशाख २२। झापामा बुधबार थप १७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साथै आज एकैदिन ६ जनाको मृत्यू भएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार आज संक्रमित हुनेहरुमा ७९ महिला र ९९ पुरुष रहेका छन् ।

झापाको दमकमा ३२, विर्तामोड ४१, गौरादह ६, मेचीनगर १०, भद्रपुर ३४, कनकाई १४, हल्दिवारी २, अर्जुनधारा ९, बुद्धशान्ती ३, कचनकवल ३, कमल ९, शिवसताक्षी ३, झापा ५ र अन्य ७ जनामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी मृत्यु हुनेहरूमा मेचीनगर–६ का ५७ वर्षीया महिला, भद्रपुर–२ का ७० वर्षीय पुरुष, दमक–१ का ५६ वर्षीय पुरुष, दमक–२ का ६९ वर्षीय पुरुष, बिर्तामोड–५ का ७३ वर्षीय महिला र कनकाई–२ का ४८ वर्षीय पुरुषको विभिन्न अस्पतालमा उपचारका क्रममा र होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

झापामा हालसम्म संक्रमितको संख्या ५ हजार ६ सय पुगेको छ। आइसोलेसनमा ८९८ जना, कुल संक्रमित एन्टिजेन १३८ जना र मृत्यु हुनेको संख्या १४२ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।