संघ \संस्था

बुधवारे जेसीजको अध्यक्षमा मुकेश भट्टराई

बाहुण्डाँगी । बुधवारे जेसीज २०२२ को अध्यक्षमा मुकेश भट्टराई निर्वाचित भएका छन् । शनिवार सम्पन्न शाखाको १० बार्षिक साधारणसभाबाट भट्टराई अध्यक्षमा सर्वसम्वत निर्वाचित भएका हुन् ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा सुजित बराल, रुद्र निरौला, उपाध्यक्षहरुमा विष्णु लामिछाने, कुशल अधिकारी, राज पौडेल र विनोद लिम्बू निर्वाचित भएका सदस्य आयुष निरौलाले बताए ।
शाखाका २०२१ का अध्यक्ष अनिल वाग्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रकाश भण्डारी, सेमन्त पोखरेल, हेमन्त बराल, रमेश बराललगायतको सहभागितामा अधिवेशन सम्पन्न भएको हो ।
स्मरण रहोस बुधवारे जेसीजले वर्ष २०२१ मा ८० भन्दा धेरै कार्यक्रम सम्पन्न गरेको छ भने तीन वटा क्षेत्रीय स्तरका पुरस्कार समेत प्राप्त गरिसकेको छ ।