खेलकुद

कतार विश्वकप : मेस्सीलाई गोल्डेन बल

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कतार विश्वकपमा गोल्डेन बल अवार्ड जितेका छन् ।

कतार विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन् । अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मेस्सी नायक बनेका थिए ।

मेस्सीले कतार विश्वकपमा ७ खेलमा कुल ७ गोल गरेका थिए । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टीमा ४-२ ले हराएर तेस्रो पटक उपाधि जितेको हो ।

अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले कतार विश्वकपमा गोल्डेन ग्लोभ्स अवार्ड जितेका छन् ।