
काठमाडौं । भुटानमा जारी जिग्मे दोर्जी बाङ्गचुक स्मृति गोल्डकप फुटबलको फाईनल खेल आज हुदैछ । उपाधि भिडन्तमा नेपालको रुस्लान थ्रीस्टार र भारतको पारो फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
खेल पीएसए मैदान फुयलथोलिङमा नेपाली समय अनुसार दिउँसो ३ बजेर २० मिनेटमा सुरु हुनेछ ।
भारतको युनाईटेड ब्रर्दशलाई पराजित गर्दै थ्री स्टार फाईनल प्रवेश गरेको हो । पारोले नेपालकै विभागीय टिम आर्मीलाई पराजित गर्दै थ्री स्टारसंग उपाधि भिडन्त पक्का गरेको हो ।
पारोको गोलपोस्टको जिम्मेवारी नेपालका युवा गोलकिपर अर्पण कार्कीले सम्हालेका छन् । उनी यस प्रतियोगिता मात्र खेल्न भुटान पुगेका थिए । उनकै उत्कृष्ट प्रर्दशनमा पारोले फाईनलसम्मको यात्रा तय गरेको हो ।