राजनीति

विप्लव समूहले विध्वशकारी गतिविधी, चन्दा आतंक मच्चाएको सरकारको आरोप

काठमाण्डौं / सरकारले ‘विप्लव समूहलाई अपराधिक संगठन घोषणा गर्दे प्रतिबन्ध लगाईसकेको छ । देशमा विध्वशकारी गतिविधी गरेको , चन्दा आतंक मच्चाएको , हत्या गरेको लगायतका गतिविधी गरेको भन्दै विप्लवमाथि प्रतिबन्ध लगाएको हो ।

सरकार विप्लवमाथि निकै कठोर बन्दै गईरहेको छ । यसबीचमा सरकारले विप्लव समूहसंग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने जोकसैलाई कारवाही गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारले यस्तो निर्णय लिएको बताए । यसैगरी मन्त्रिपरिषदका निर्णयको निर्णयमा अवैद्य हतियार राख्नेलाई ३५ दिनभित्र बुझाउन सुचना प्रकाशन गर्ने र गैरकानुनी रुपमा हतियार राख्नेलाई कडा कारवाही गर्ने बताए । साथै हतियार बुझाउनेलाई भने कारबाही नहुने निर्णय भएको सञ्चारमन्त्रीसमेत रहेका बास्कोटाले बताए ।

Leave a Reply

Your email address will not be published.