समाचार

नवलपरासीमा बम पड्कियो

नवलपरासी / बम फेला परेपछि नवलपरासीका स्थानीयहरु त्रसित छन् । विभिन्न ठाउँमा बम तथा विस्फोटक पदार्थ भेटिए पछि स्थानीयहरु त्रसित बनेका हुन।

नवलपरासीका विभिन्न ठाउँमा साँझ ५ बजेसम्ममा मात्रै ७ वटा बम तथा विस्फोटक पदार्थ भेटिएको थियो । जसमध्ये एउटा आफैँ पड्कियो । बाँकी नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

जयश्री खोला नजिकैको फेला परेको शंकास्पद बस्तु होममेड २ वटा सुतली र ३ वटा पेट्रोल बम फेला परेको थियो । त्यसपछि देवचुली नगरपालिका–११ दलदलेमा पनि फेरि अर्को ल्यापटपको ब्याट्रीमा तारबार बाँधी बिस्फोटक पदार्थ राखिएको अवस्थामा फेला पर्‍यो । ति सबै फेला परेका बम तथा विस्फोटक पदार्थ बम डिस्पोजल टोलीले डिस्पोज गरिसकेको प्रहरीले जनाएको छ ।

त्येस्तै बिहान ११ः३० बजे कावासोती–८ फलफुल चोक एवं जिल्ला प्रहरी कार्यालयबाट १ सय मिटर दुरीमा ठूलो आवाजले पड्केको बमले स्थानीयमा निकै त्रास फैलिएको थियो ।

कावासोतीमा पड्केको बमले कुनै मानविय तथा भौतिक क्षति नभएपनि स्थानियहरु निकै त्रसित बनेका थिए । यसरी ठाउँमा–ठाउँमा फेला परेको बमलाई डिस्पोजल गर्न सुरक्षाकर्मी तथा बम डिस्पोजल टोलीलाई धौँ–धौं समेत भएको थियो ।

नेकपा –विप्लव को बन्दले नवलरासी सुनसान बनेको थियो ।

Leave a Reply

Your email address will not be published.