खेलकुद

बंगलादेश र नेपाल साफ च्याम्पियनसिपको सेमिफाईनलमा

विराटनगर / नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । समुह चरणको दोस्रो खेलमा बंगलादेशले भुटानलाई पराजित गरेसंगै नेपाल एक खेल अगावै प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।

समुह एबाट बंगलादेश समेत सेमिफाईनल प्रवेश गर्यो ।

भुटान प्रतियोगिताको समुह चरणबाट बाहिरिने पहिलो टोली बनेको छ । साफको पाँचौ संस्करणसम्म आईपुग्दा भुटान प्रतियोगितामा जित विहिन छ । उसले साफमा अहिलेसम्म एक जित समेत दर्ता गर्न सकेको छैन ।

बिहिबार विराटनगरको सहिद रंगशालामा बंगलादेशले भुटानलाई २–० ले पराजित गर्‍यो । बंगलादेशको जितमा मिश्रात जहान मौसमी र सविना खातुनले विजयी गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

४७ औ मिनेटमा मोनिका चक्माको कर्नरे प्रहारलाई भुटानी डिफेन्डरले क्लियर गर्न नसकेपछि मौसमी बंगलादेशलाई अग्रता दिलाएकी थिईन् । ८५ औ मिनेटमा भुटानको डिफेन्स लाईनलाई एक्लै विट गर्दै कप्तान सविनाले दोस्रो गोल गरेकी थिईन् ।

समुह विजेता टोलीको टुङ्गो शनिबार हुने नेपाल र बंगलादेशबीचको खेलले तय गर्नेछ ।

Leave a Reply

Your email address will not be published.