समाचार

न्यूजिल्यान्डको मस्जिदमा बन्दुकधारीको आक्रमण

न्यूजिल्यान्डको क्राइस्टचर्च्स्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ’केही मानिसको मृत्यु’ भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रमुख माइक बुशले एक महिलासहित चार जनालाई हिरासतमा लिइएको बताए पनि अरू व्यक्ति संलग्न भए वा नभएको स्पष्ट नभएको बताएका छन् ।

प्रत्यक्षदर्शीहरूले स्थानीय समाचारमाध्यमलाई आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको बताएका छन् ।

सरकारले मानिसहरूलाई अर्को सूचना नआएसम्म मस्जिदमा नजान भनेको छ र सबै विद्यालयहरूको ढोकामा ताल्चा मारिएको छ । बिबिसी

Leave a Reply

Your email address will not be published.