समाचार

दोलखामा कामदार लिएर गुडेको बस दुर्घटना, दुईको मृत्यु, २३ घाइते

दोलखा / दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा शुक्रबार बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।

दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी गाउँपालिका–३ का हिराप्रसाद मिजारको मृत्यु भएको हो । दुर्घटनामा २३ जना घाइते भएका स्थानियले जानकारी दिए ।

बा४ख ४५७३ नंको बस दोलखामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका कामदार लिएर गुडेको थियो ।

शुक्रबार बिहान छ्योत्छ्योतस्थित चिनियाँ क्याम्पबाट करीब ३० कामदार लिएर छुटेको बस माथिल्लो तामाकोशी आयोजनाको मुख्य टनेलतर्फ जाने नयाँ बाटो लुप सेभेन (सात घुम्ती) मा दुर्घटना परेको थियो । (रासस)

Leave a Reply

Your email address will not be published.