खेलकुद

टी २० विश्वकप छनौट क्रिकेट पहिलो खेलमै नेपाल कतारसँग पराजित

काठमाण्डौं, श्रावण ७ । सिंगापुरमा जारी आईसीसी टीट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपालले खराब सुरुवात गरेको छ ।
मंगलबार भएको पहिलो खेलमा कमजोर प्रतिद्वन्दी कतारसँग ४ विकेटले पराजित हुँदै नेपालले खराब सुरुवात गरेको हो ।
सिङ्गापुरमा जारी टी–२० विश्वकप क्रिकेट छनौटको एशियाली प्रतियोगितामा नेपाललाई पराजित गरे संगै कतारले सुखत सुरुवात गरेको छ।
नेपालले पहिले ब्याटिङ गरेर १२२ रन बनाएको थियो । यो लक्ष्य कतारले चार बल अगाडि छ विकेट गुमाएर पुरा गरेको हो । प्रतियोगिताको विजेता टी–२० विश्वकप छनौटको अन्तिम चरणमा खेल्न पाउने भएकोले यो प्रतियोगिता महत्वपूर्ण रहेको छ । टी–२० को विश्व वरीयतामा नेपाल ११ औँ स्थानमा छ भने कतार २१ औँ स्थानमा रहेको छ ।

प्रतियोगिताको पहिलो दिन सिङ्गापुरसँग हारेको कतारमा अधिकांश दक्षिण एशियाली मूलका खेलाडीहरू छन् । कतारले अन्तिम ओभरको दोस्रो बलमा ललितनारायण राजवंशीलाई चौका हान्दै जित हात पारेको हो । शुरूवाती ब्याट्सम्यानहरूले रन बनाएपछि कतार सहज विजयतिर उन्मुख भएको थियो ।
कतारका ४० वर्षीय इनाम उल हकले ३२ बलमा छ चौकाको मदतले ४१ रन जोडेका थिए । चौधौँ ओभरमा उनलाई दिपेन्द्र सिंह ऐरी र विनोद भण्डारीले रन आउट गरेपछि खेल प्रतिस्पर्धात्मक स्थितिमा फर्किए जस्तो देखिएको थियो । तर नेपाली बलिङ तीखो हुन नसक्दा नेपालले जित्न सकेन् । कतारको विजयमा कामरन खानले २२ रन बनाएका थिए ।

Leave a Reply

Your email address will not be published.