अर्थ समाचार

हनुमान सेन्ट्रलमा लागेको आगो नियन्त्रणमा

झापा, श्रावण ११ । विर्तामोडको व्यापारिक केन्द्र हनुमान सेन्ट्रलमा साँझ ७ बजेबाट सुरु भएको आगलागी भर्खरै नियन्त्रणमा आएको छ । करिब डेढ घण्टाको अथक प्रयासपछि आगलागी नियन्त्रणमा आएको हो । आगो नियन्त्रणका लागि बिर्तामोड, मेचीनगर र भद्रपुरको दमकल परिचालन गरिएको थियो । त्यस्तै, स्थानीयबासी, सुरक्षाकर्मीको लामो प्रयासपछि करिब ८ः१५ बजे आगो नियन्त्रणमा आएको हो । Read More…

समाचार

तातोपानीमा टाटोसुमो दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते

काठमाण्डौं श्रावण ११ । रसुवागढीबाट काठमाण्डौँ आउँदै गरेको टाटोसुमो आज साँझ टिपुरेको तातोपानी इलाकामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ईश्वरी भण्डारीका अनुसार सो दुर्घटनामा दुई जनाको मृत्यु भएको र सात घाइते भएका छन् । मृत्यु हुने र घाइतेको पहिचान खुलेको छैन । ना१ज ७८२४ नंको टाटासुमो काठमाण्डौँतर्फ Read More…

समाचार

नारायणी नदीमा हामफाल्दा एक युवती बेपत्ता

चितवन, श्रावण ११ । नारायणी नदीमा हामफालेर एक युवती बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–८ सल्लेनी बस्ने २० वर्षीया सम्झना गुरुङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं १ देवघाटबाट गुरुङ नारायणी नदीमा हामफालेकी हुन् । उनी आज दिउँसो ३ः४५ बजे नदीमा हामफालेको प्रहरीले जनाएको छ Read More…

कला खेलकुद

रंगशाला बनाउन ७८ वर्षिया हजुरआमाले ५० हजार दिएपछि धुर्मुसले ढोगे

काठमाण्डौं, श्रावण ११ । गौतम बुद्ध रंगशाला निर्माणका लागि चितवनकी ७८ बर्षिय हजुरआमा डम्बर कुमारी पण्डितले प्रेम बहादुर पण्डित तथा डम्बर कुमारी पण्डित स्‍मृति प्रतिष्ठानको तर्फबाट नगद ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरेकी छन् । उनले छोरा नातीले यही रगंशालामा खेलेको हेर्ने रहर भएको बताईन् । फाउण्डेसनका अध्यक्ष धुर्मुसले ७८ बर्षिय हजुरआमाले पनि सहयोग गरेर Read More…

खेलकुद

टी–२० क्रिकेटमा अहिले सम्मकै ठुलो ईतिहास, नेपालले कुवेतलाई सात विकेटले पराजित

काठमाण्डौं, श्रावण ११ । सिङ्गापुरमा जारी आइसीसी विश्वकप टी–२० एसिया छनोटमा नेपालले कुवेतलाई सात विकेटले पराजित गरेको छ । सिङ्गापुरस्थित इन्डियन एसोसियशन क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ पाएको कुवेतले निर्धारित ओभरमा ९ विकेट गुमाई १४१ रन बनाएको थियो। जसलाई नेपालले १५.५ ओभरमा तीन खेलाडी गुमाउदै पूरा गर्‍यो । नेपालले टी–२० क्रिकेटमा पछ्याएको Read More…