काठमाण्डौं, श्रावण ११ । सिङ्गापुरमा जारी आइसीसी विश्वकप टी–२० एसिया छनोटमा नेपालले कुवेतलाई सात विकेटले पराजित गरेको छ ।
सिङ्गापुरस्थित इन्डियन एसोसियशन क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ पाएको कुवेतले निर्धारित ओभरमा ९ विकेट गुमाई १४१ रन बनाएको थियो। जसलाई नेपालले १५.५ ओभरमा तीन खेलाडी गुमाउदै पूरा गर्यो ।
नेपालले टी–२० क्रिकेटमा पछ्याएको यो अहिलेसम्मको ठूलो स्कोरको कीर्तिमान हो । नेपालको जितमा कप्तान पारस खड्काको योगदान महत्त्वपूर्ण रह्यो ।
ढाडको समस्याबाट फर्केर आएका उनले आक्रामक इनिङ खेल्दै ६८ रनको महत्त्वपूर्ण अर्धशतकीय पारी खेले । १४ औँ ओभरको पहिलो बलमा आउट हुनुअगाडि उनले ११ चौका र एक विशाल छक्का प्रहार गरे । यसअघि नेपाली बलरहरू बसन्त रेग्मी र सन्दीप लामिछानेले ३–३ विकेट लिएका थिए ।
जितसँगै नेपाल शीर्ष स्थानमा दौडमा एक कदम नजिक पुगेको छ। आइतवार हुने सिङ्गापुरविरुद्धको अन्तिम खेलमा अब नेपाल विजयी भए टी(२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्नेछ।
ुरिभर्स स्वीपु प्रहार गर्दे शरद भेषावकरस उनले कप्तान पारस खड्कासँग दोस्रो विकेटका लागि ७८ रनको साझेदारी गरे ग्लोबल छनोट आगामी अक्टोबरमा संयुक्त अरब इमिरेट्समा हुँदैछ।

